दफा
अधिग्रहण गरिएको सम्पत्ति नेपाल सरकार अधिनस्थ गराउने अधिकार

(१) दफा ३ अन्तर्गत कुनै
सम्पत्ति अधिग्रहण गरिएमा त्यसको धनी वा त्यसलाई चलन गर्ने अरु कुनै व्यक्तिले सूचना
पाएका मितिले १५ दिन भित्र सूचनामा तोकिएका अधिकृतलाई सो सम्पत्ति सुम्पिदिनु वा
छोडिदिनु भनी त्यस्तो सम्पत्ति धनी वा त्यसलाई चलन गर्ने व्यक्तिका नाउँमा नेपाल सरकारले
लिखित सूचनाको रुपमा आदेश निकाल्न सक्छ ।
(२) कुनै व्यक्तिले उपदफा (१) अन्तर्गत निकालिएको कुनै आदेश पालन गर्न इन्कार
गरेमा वा त्यसको उल्लंघन गरेमा सो सम्बन्धमा अधिकार पाएका अधिकृतले सम्पत्ति कब्जा गर्न
र गराउन आवश्यक बल प्रयोग समेत गर्न सक्तछ ।